|
बौद्धिक सम्पत्ति व्यवस्थाले मानवीय सृजनात्मक कामहरुलाई कानूनी सुरक्षा प्रदान गर्दछ । जसले गर्दा सृजनात्मक र अनुसन्धानात्मक कार्यका उपलव्धीहरु व्यवसायिक रुपमा उपयोग गर्न सम्भव भएको छ । आजको आर्थिक प्राविधिक र संस्कृतिक क्षेत्रको विकासमा बौद्धिक सम्पत्ति अधिकार व्यवस्थाको ठुलो योगदान छ । अनुसन्धान, विकास र सृजनात्मक क्षेत्रमा लगानी थप हुँदै गएका छन भने प्रविधिको क्षेत्रमा, व्यवसायको क्षेत्रमा उन्नति हुदै गएको छ । आजको विकास अन्य साधन भन्दा नयां नयां प्रविधि र प्रबृत्तिमा आधारित हुँदै गएको छ । त्यसैले २१ औं शताव्दीको अर्थतन्त्र ज्ञानमा आधारित अर्थतन्त्र हुने भएको छ । नेपालमा बौद्धिक सम्पत्तिको कानुनी र प्रशासनिक सुरुवात ७० वर्षभन्दा अधि नै भएको भएता पनि हाम्रो अर्थतन्त्रको क्षमता र आवश्यकता भन्दा ज्यादै कम मात्र बौद्धिक सम्पत्तिका साधनहरु उपयोग भएका देखिन्छन । साना तथा मझौला व्यवसाय नै अर्थतन्त्रका मेरुदण्ड हुन र नेपालमा पनि राष्ट्रिय उत्पादन, रोजगारी, निकासी व्यापार र आयको वितरणमा लघु तथा साना र मझौला उद्योगहरुको ठुलो योगदान रहेको छ । तर यी वर्गका उद्योगहरुले बौद्धिक सम्पत्ति क्षेत्रका विभिन्न साधनहरु उपयोग गर्न सकेका छैनन् । राज्यले साना, मझौला र लधु उद्योगहरुको विकासमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । तर बौद्धिक सम्पत्तिको उपयोगवाट यी क्षेत्रको विकासमा टेवा पुर्याउने तर्फ भने विशेष ध्यान पुगेको देखिदैन । बौद्धिक सम्पत्तिको उपयोग नहुनुमा मुख्य रुपमा यसको केही जटिल अर्थ, कानूनी कुरा र कठिन प्राविधिक ज्ञानका कारण हुन सक्छ भने यो व्यवस्थाको दर्ता तथा कागजात तयारी केही खर्चिलो भएर पनि हुन सक्छ । अन्य कारणहरु खोज्दै जाने हो भने समग्र आर्थिक, राजनैतिक प्रशासनिक, कानूनी, भौगोलिक , शैक्षिक, यातायात संचार जस्ता सवै क्षेत्रका कमी कमजोरी र अविकासहरु नै देखा पर्दछन् । यी समस्याहरु मध्ये केही भने सानो प्रयासवाट नै सुधार हुन सक्ने सम्भावना देखिएकाले स्थानिय स्रष्टा, वैज्ञानिक र आविष्कारकहरु विशेष गरेर साना तथा लघु उद्यम क्षेत्रलाई बौद्धिक सम्पत्ति बारे जानकारी दिने, आर्थिक तथा प्राविधिक सहयोग गरेर जागरुक गराउने र उनीहरुको बौद्धिक सम्पत्तिको दर्ता एवं संरक्षण सम्वर्द्धन र उपयोग गर्न एक कार्यक्रम प्रस्तुत गरिएको छ ।
बाँकी»
पेटेण्ट (Patent) |
कुनै आविष्कार उपरको स्वामित्व र अधिकारलाई प्राप्त कानुनी संरक्षण र स्विकृति नै पेटेण्ट हो । यसलाई आविष्कार अधिकार भने पनि हुन्छ। यदी कुनै आविष्कार नयाँ (New), स्पष्ट आविष्कार भएको चरण (Inventive step) छ र यसको औद्योगिक उपयोग (Industrial Applicability) हुन सक्छ भने पेटेण्ट दर्ता हुनसक्छ ।
बाँकी» |
|
 |
औद्योगिक डिजाइन (Industrial Design) |
वस्तुको आकृति विशेषको नौलो सृजना नै डिजाइन हो । यसलाई वस्तुको श्रृंगार वा गहना पनि भनिन्छ । यस्तो डिजाइन रंग रेखा आदिको संयोजन गरेर वा कुनै सामाग्री वस्तु आदि जडेर, वुनेर वा कुँदेर पनि तयार पारिएको हुन्छ । डिजाइन सामान्यत आंखाले देख्न सक्ने हुनु पर्दछ भनिन्छ । बाँकी» |
|
 |
व्यापार चिन्ह (Trade Mark) |
कुनै उद्यमी वा व्यवसायीले आफूले उत्पादन वा विक्री वितरण गर्ने वस्तु वा सेवालाई अरूको भन्दा भिन्न रूपमा देखाउन चिनाउन प्रयोग गर्ने संकेत नै चिन्ह भनिन्छ । यस्तो चिन्हः शब्द, अक्षर, अंक, चित्र, रंगाई वा छपाई वा यी कुराहरूको संयोजन पनि हुन सक्छ । चिन्ह सामान्यतया आंखाले देख्न सक्ने हुनुपर्छ भनिन्छ । बाँकी» |
|
 |
प्रतिलिपि अधिकार (Copyright) |
साहित्यिक र कलात्मक क्षेत्रमा भएका मौलिक सृजनात्मक कार्यहरू प्रतिलिपि अधिकार अन्तर्गत संरक्षित हुन्छन्। यस्ता सृजनात्मक कार्यहरू शव्द, संकेत, संगीत, चित्र, त्रिआयामिक वस्तु वा यिनीहरूको संयोजनयुक्त हुन सक्दछन् ।
बाँकी» |
|
 |
|
|
|